Kathmandu Press

बिल गेट्सलाई कोभिड सङ्क्रमण पुष्टि

वासिङ्टन, वैशाख २८ : माइक्रोसफ्टका सहसंस्थापक बिल गेट्सले बुधबार आफूलाई कोभिड–१९ सङ्क्रमण भएको भन्दै आफ्नै निवासमा एकान्त (क्वारेन्टाइन) मा रहेको जानकारी गराएको छ।...
बिल गेट्सलाई कोभिड सङ्क्रमण पुष्टि

वासिङ्टन, वैशाख २८ : माइक्रोसफ्टका सहसंस्थापक बिल गेट्सले बुधबार आफूलाई कोभिड–१९ सङ्क्रमण भएको भन्दै आफ्नै निवासमा एकान्त (क्वारेन्टाइन) मा रहेको जानकारी गराएको छ।  

उनीद्वारा ट्वीटरमा जारी सन्देशमा आफूले पूर्ण मात्रा खोप लगाएको, परीक्षण र चिकित्सा उपचार लिइरहेको बताइएको छ।

Hardik ivf

'मलाई कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ। अहिले मलाई कोभिडका हल्का लक्षणहरू देखिएको अनुभव गर्दैछु र म फेरि स्वस्थ नभएसम्म अलग्गै रहेर विशेषज्ञहरूको सल्लाह पालना गर्दैछु,' उहाँले भन्नुभएको छ।

'मैले बुस्टरसहित तीन वटै खोप लगाइसकेको छु। खोप लगाउन, परीक्षण तथा महान चिकित्सा उपचारको पहुँच पाएकोमा म आफूलाई भाग्यशाली ठानेको छु,' उनले ट्वीटमा भनेका छन्।

उनी आफ्नो बिल एण्ड मेलिन्दा गेट्स फाउन्डेसनसँग कोभिड–१९ निदान, उपचारात्मक र खोप वितरणको विश्वव्यापी प्रयासमा सक्रिय सहभागी भएका छन्।

विश्वका अति धनाड्य व्यक्ति अर्बपति बिल गेट्सले ‘अर्को महामारीलाई कसरी रोक्ने’ शीर्षकमा नयाँ किताब मे को सुरुतिर प्रकाशन तथा सार्वजनिक गर्ने तयारी गरिरहेको बताइएको छ। 

प्रकाशित मिति: १४:१० बजे, बुधबार, वैशाख २८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्