Kathmandu Press

निर्वाचन सामग्रीसहित कर्मचारी मतदान केन्द्रमा

पाल्पा, वैशाख २९ : आसन्न स्थानीय तहको निर्वाचनका लागि  जिल्ला निर्वाचन कार्यालय पाल्पाले दसवटै पालिकाका विभिन्न मतदान केन्द्रमा कर्मचारी खटाएको छ।जिल्लामा निर्वाचनको तयारी...
निर्वाचन सामग्रीसहित कर्मचारी मतदान केन्द्रमा

डोटी, वैशाख २८ : आसन्न स्थानीय तहको निर्वाचनका लागि जिल्लाका सबै मतदान केन्द्रहरुमा मतपत्रसहितका निर्वाचन सामग्री पुर्‍याइएको छ।

जिल्ला निर्वाचन कार्यालय सिलगढीबाट मङ्गलबार मतदान केन्द्रमा खटिएका कर्मचारी र सुरक्षाकर्मी निर्वाचन सामग्री लिएर आफूलाई खटाइएको केन्द्रमा पुगेका छन्। 

Hardik ivf

जिल्ला निर्वाचन कार्यालयका मुख्य निर्वाचन अधिकृत विदुर काफ्लेका अनुसार यहाँका दुई नगरपालिकासहित सात गाउँपालिकामा रहेका सम्पूर्ण मतदान केन्द्रका मतदान अधिकृतहरुलाई मतपेटिका, मतदाता परिचयपत्र, मतदाता नामावली लगायतका ६४ प्रकारका सामग्री प्रदान गरी पठाइएको र केही ठाउँमा मङ्गलबार नै पुगेका र दुर्गम ठाउँमा आज पुगिसक्ने  बताउनुभयो। मतदानस्थलमा नेपाली सेना, म्यादीसहित नेपाल प्रहरी तथा सशस्त्र प्रहरीका टोली पनि पुगिसकेका छन्।

निर्वाचनका लागि नौ पालिकामा ११५ मतदानस्थल तथा मतदान केन्द्र तोकिएका छन्। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार मतदान केन्द्रमा सुरक्षाकर्मीबाहेक सातजना कर्मचारी खटिनेछन्। एउटा केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृत, दुईजना सहायक कर्मचारी र एकजना सहयोगी कर्मचारीको प्रबन्ध गरिएको छ। त्यसैगरी मतदान अधिकृतले तीनजना स्वयंसेवक नियुक्त गर्न सक्नेछन्।

निर्वाचनमा खटिएका मतदान अधिकृत लगायतका सबै कर्मचारीले नियुक्तिपत्र र निर्वाचन सुविधासमेत मङ्गलबार नै बुझेका छन्। जिल्ला निर्वाचन कार्यालयका अनुसार आसन्न निर्वाचनमा जिल्लामा एक लाख २३ हजार ५५३ मतदाता छन्।

प्रकाशित मिति: १४:०३ बजे, बुधबार, वैशाख २८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्