Kathmandu Press

बैंकिङ कसुरका फरार प्रतिवादी पक्राउ 

काठमाडौं, वैशाख २८ : बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी टोखा नगरपालिका–२ बस्ने २७ वर्षीय रामराज खड्कीलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ।     उच्च अदालत...
बैंकिङ कसुरका फरार प्रतिवादी पक्राउ 

काठमाडौं, वैशाख २८ : बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी टोखा नगरपालिका–२ बस्ने २७ वर्षीय रामराज खड्कीलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ।     

उच्च अदालत पाटनको २०७८ चैत २५ गतेको फैसलाले बैकिङ कसूर मुद्दामा ३ दिन कैद र १० लाख रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले काठमाडौं मनमैजुबाट पक्राउ गरेको हो। 

खड्कीले प्रभु बैंक लिमिटेडमा रहेको उनकै खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी–जानी पीडितलाई झुक्यानमा पारी दिएको चेकको रकम भुक्तान हुन नसकेको घटनामा अदालतले उक्त फैसला गरेको थियो। 

उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ। 

प्रकाशित मिति: १३:५० बजे, बुधबार, वैशाख २८, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्