Kathmandu Press

हवाना होटल विस्फोट : थप १२ जनाको मृत्यु

काठमाडाैं, वैशाख २८ : क्युबाको हवानामा रहेको एक होटलमा भएको विस्फोटमा परी मृत्यु हुनेको संख्या थप बढेको छ।यहाँका अधिकारीहरुले सो होटलमा भएको विस्फोटमा परेर...
हवाना होटल विस्फोट : थप १२ जनाको मृत्यु

काठमाडाैं, वैशाख २८ : क्युबाको हवानामा रहेको एक होटलमा भएको विस्फोटमा परी मृत्यु हुनेको संख्या थप बढेको छ।

यहाँका अधिकारीहरुले सो होटलमा भएको विस्फोटमा परेर मंगलबार थप १२ जनाको ज्यान गएको बताएका छन्। सो विस्फोटमा परेर ३० जनाको ज्यान गएकामा सोमबार र मंगलबार थप १२ जनाको ज्यान गएको बताइएको छ। 

यहाँको जन स्वास्थ्य मन्त्रालयले सो कुराको जानकारी दिएको हो। उक्त मन्त्रालयले दिएको जानकारी अनुसार यहाँका अरु ९६ जना अझै पनि घाइते भएका छन्। केही दिन अघि सो होटलमा त्यहाँ रहेको ग्याँस सिलिन्डर विस्फोट भएको थियो। सो विस्फोट पछि यहाँ आगलागी पनि भएको थियो। 

आगलागीबाट होटलमा क्षति पुगेको छ भने यहाँका कर्मचारीहरुको मृत्यु भएको हो। जनस्वास्थ्य मन्त्रालयले दिएको जानकारीमा अहिलेसम्म ४२ जनाको ज्यान गएको र अरु ९६ जना घाइते भएका छन्।

तीमध्ये १३ जना युवा र अरु पाँच जना बालबालिका अझै पनि अस्प्ताल भर्ना भएका छन्। उनीहरुको अवस्था गम्भीर रहेको बताइएको छ। 

प्रकाशित मिति: १२:३८ बजे, बुधबार, वैशाख २८, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्