Kathmandu Press

म्याग्दीमा ट्रक दुर्घटना, दुई जनाको मृत्यु

म्याग्दीमा ट्रक दुर्घटना, दुई जनाको मृत्यु

म्याग्दी, वैशाख २८ : म्याग्दीको अन्नपुर्ण गाउँपालिका ४ नारच्याङ छोटेपामा ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु छ।

अनियन्त्रित भएर ग २ ख ६५८ नम्बरको ट्रक सडकबाट तल खस्दा दुई जनाको मृत्यु भएको हो। प्रहरीका अनुसार ट्रक चालक मकवानपुरका ३४ वर्षीय सन्त बहादुर तितुङ र ट्रक धनी म्याग्दीकै अन्नपुर्ण १ दोवाका ४३ वर्षीय खुमबहादुर रामजालीको मृत्यु भएको छ।

उनीहरु दुर्घटनामा गम्भीर घाइते भएका थिए। दुवै जनालाई उपचारका लागि बेनी अस्पतालमा लगिएको थियो। उपचारका क्रममा दुवै जनाको मृत्यु भएको अस्पतालले जनाएको छ।

 

प्रकाशित मिति: ०८:३५ बजे, बुधबार, वैशाख २८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्