Kathmandu Press

टिप्परको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

काठमाडौं, वैशाख २८: काठमाडौंको कलंकीमा भएको दुर्घटना एक जना मोटरसाइकल चालकको मृत्यु भएको छ।प्रहरीका अनुसार आज बिहान ३ बजे बा ५ ख ७३४५...
टिप्परको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

काठमाडौं, वैशाख २८: काठमाडौंको कलंकीमा भएको दुर्घटना एक जना मोटरसाइकल चालकको मृत्यु भएको छ।

प्रहरीका अनुसार आज बिहान ३ बजे बा ५ ख ७३४५ नम्बरको टिप्परले बा ८० प ६३७३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। दुर्घटनामा मोटरसाइकल चालक धादिङका ४५ वर्षीय दिवाकर अधिकारीको मृत्यु भएको छ।

टिप्परको ठक्करबाट उनी गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल लगिएको थियो। उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीले टिप्पर चालकलाई नियन्त्रणमा लिएको छ।

प्रकाशित मिति: ०८:२३ बजे, बुधबार, वैशाख २८, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्