Kathmandu Press

झाडापखालाबाट तुलसीपुरमा एक बालकको मृत्यु

तुलसीपुर, वैशाख २८ : झाडापखालाबाट तुलसीपुरमा एक बालकको मृत्यु भएको छ भने चार जना बिरामी परेका छन्।तुलसीपुर उपमहानगरपालिका–११ उरहरि निवासी तिलक पुनका छोरा...
झाडापखालाबाट तुलसीपुरमा एक बालकको मृत्यु

तुलसीपुर, वैशाख २८ : झाडापखालाबाट तुलसीपुरमा एक बालकको मृत्यु भएको छ भने चार जना बिरामी परेका छन्।

तुलसीपुर उपमहानगरपालिका–११ उरहरि निवासी तिलक पुनका छोरा साढे दुई वर्षीय अनमोल पुनको मृत्यु भएको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका इमर्जेन्सी इन्चार्ज धनबहादुर केसीले जानकारी दिए। अनमोललाई उपचारका लागि मङ्गलबार अस्पतालमा ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भएको उनले बताए।

झाडापखालाबाट चार जना बिरामी परेका छन्। सोही ठाउँका ५० वर्षीय वुद्धिराम पुन, ४० वर्षीया गौरी पुन, ५८ वर्षीया कलसिङ पुन र मीना पुन बिरामी भएको र उनीहरूको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको इमर्जेन्सी इन्चार्ज केसीले जानकारी दिए। उनका अनुसार चार बिरामीमध्ये बुद्धिरामको अवस्था गम्भीर रहेको छ।

बिरामीमा झाडापखाला लाग्ने, बान्ता हुने लक्षण देखापरेको अस्पतालले बताएको छ। बिरामी सबै भएका सबै एकै परिवारका रहेको इन्चार्ज केसीले बताए।

 

प्रकाशित मिति: ०८:१५ बजे, बुधबार, वैशाख २८, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्