रिभर फल्सको आईपीओ निष्कासन
काठमाडौं, वैशाख २८: रिभर फल्स पावर लिमिटेडले आजदेखि सर्वसाधारणका लागि आईपीओ खुला गरेको छ।कम्पनीले २७ करोड ३० लाख रुपैयाँ बराबरको आईपीओ बिक्रीमा ल्याएको...
काठमाडौं, वैशाख २८: रिभर फल्स पावर लिमिटेडले आजदेखि सर्वसाधारणका लागि आईपीओ खुला गरेको छ।
कम्पनीले २७ करोड ३० लाख रुपैयाँ बराबरको आईपीओ बिक्रीमा ल्याएको जनाएको छ। प्रतिकित्ता १०० अंकित मूल्यका दरले २७ लाख ३० हजार कित्ता साधारण सेयर निष्कासन गरेको हो।
योमध्ये ५ प्रतिशत अर्थात् एक लाख ३६ हजार ५०० कित्ता सामुहिक लगानी कोष र २ प्रतिशत अर्थात् ५४ हजार ६०० कित्ता शेयर कर्मचारीका लागि छुट्याएको कम्पनीले जनाएको छ। बाँकी २५ लाख ३८ हजार ९०० कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्।
आजदेखि जेठ ४ गतेसम्म आवेदन दिन सकिनेछ। न्यूनतम १० कित्तादेखि अधिकतम एक लाख कित्ताका लागि आवेदन दिन सकिनेछ।
प्रकाशित मिति: ०७:२२ बजे, बुधबार, वैशाख २८, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार












