Kathmandu Press

श्रीलङ्कामा देशव्यापी रूपमा लगाइएको कर्फ्यू बुधबारसम्मका लागि थप

कोलम्बो, वैशाख २७ : श्रीलङ्कामा जारी आन्दोलन थप हिंसात्मक बन्दै गएपछि श्रीलङ्का सरकारले देशव्यापी रूपमा कर्फ्यू घोषणा गरेको छ।सरकारका विरुद्धमा भएको आन्दोलन थप...
श्रीलङ्कामा देशव्यापी रूपमा लगाइएको कर्फ्यू बुधबारसम्मका लागि थप

कोलम्बो, वैशाख २७ : श्रीलङ्कामा जारी आन्दोलन थप हिंसात्मक बन्दै गएपछि श्रीलङ्का सरकारले देशव्यापी रूपमा कर्फ्यू घोषणा गरेको छ।

सरकारका विरुद्धमा भएको आन्दोलन थप हिंसात्मक बन्दै गएपछि सरकारले देशव्यापी रूपमा सोमबार रातिदेखि मंगलबारसम्मका लागि लगाइएको कर्फ्यू आदेश बुधबारसम्मलाई थप गरिएको श्रीलङ्काका सरकारी अधिकारीले बताएका छन्।

श्रीलङ्कामा पछिल्ला दिनहरूमा देखिएको आर्थिक सङ्कटको अवस्था झनै गहिरिएको छ। यहाँको आर्थिक सङ्कटका कारण मन्त्री तथा प्रधानमन्त्री समेतले राजीनामा दिएका छन्।

प्रधानमन्त्री महिन्दा राजपाक्षेले हिजो मात्र आफ्नो पदबाट राजीनामा दिएका थिए।

प्रदर्शनकारीहरूमध्ये केहीले प्रधानमन्त्री राजपाक्षलाई राजीनामा नदिनसमेत सुझाब दिएका तर देशको आर्थिक सङ्कट टार्न नेतृत्वले पहलकदमी लिन आग्रह गरेका बताइएको छ।

प्रकाशित मिति: १९:५५ बजे, मंगलबार, वैशाख २७, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्