Kathmandu Press

जुम्लामा स्थानीय तह निर्वाचनको तयारी पूरा

खलंगा, बैशाख २७ : जुम्लामा यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको तयारी पूरा भएको छ। निर्वाचनका लागि आवश्यक सामग्रीसहित कर्मचारी टोली...
जुम्लामा स्थानीय तह निर्वाचनको तयारी पूरा

खलंगा, बैशाख २७ : जुम्लामा यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको तयारी पूरा भएको छ। निर्वाचनका लागि आवश्यक सामग्रीसहित कर्मचारी टोली मतदानस्थलमा पुगिसकेको मुख्य निर्वाचन कार्यालयले जनाएको छ।

निर्वाचनसम्बन्धी प्रशिक्षण लिएर मतपत्र, मतपेटिका र परिचय पत्रलगायत, आवश्यक सामग्रीसहित मतदान केन्द्रमा कर्मचारी खटाइएको मुख्य निर्वाचन कार्यालयका सहायक निर्वाचन अधिकृत तोयानाथ उपाध्ययले जानकारी दिए।  

Hardik ivf

जिल्लाका आठवटा स्थानीय तहका ७९ मतदानस्थल र १०२ मतदान केन्द्रमा ४९६ कर्मचारी खटिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। जिल्ला सुरक्षा समितिले निर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भएको प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईंले जानकारी दिए। यहाँका ४१ मतदान केन्द्र अतिसंवेदनशील, १५ केन्द्र संवेदनशील र २३ वटा सामान्य मतदान केन्द्र रहेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ।

शान्ति सुरक्षा कायम गरी भयरहित वातावरणमा निष्पक्ष निर्वाचन सम्पन्न गराउनका लागि जिल्लामा ७०० भन्दा बढी नेपाल प्रहरी, म्यादी प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना तथा राष्ट्रिय अनुसन्धान विभागबाट परिचालन गरिएको जिल्ला सुरक्षा समितिले जनाएको छ। 

प्रकाशित मिति: १९:२७ बजे, मंगलबार, वैशाख २७, २०७९
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्