Kathmandu Press

भारतमा तीन करोड बच्चाले पाए कोरोनाको खोप

नयाँ दिल्ली, बैशाख २७ : भारतमा तीन करोडभन्दा बढी बालबालिकाले कोरोना भाइरस विरुद्धको कम्तीमा एउटा खोप लगाएका छन्।खोप लगाएका बालबालिका भने १२ देखि...
भारतमा तीन करोड बच्चाले पाए कोरोनाको खोप

नयाँ दिल्ली, बैशाख २७ : भारतमा तीन करोडभन्दा बढी बालबालिकाले कोरोना भाइरस विरुद्धको कम्तीमा एउटा खोप लगाएका छन्।

खोप लगाएका बालबालिका भने १२ देखि १४ वर्षसम्मको उमेरको रहेको संघीय स्वास्थ्य मन्त्रालयले जनाएको छ।

Hardik ivf

भारतमा १२ देखि १४ वर्षसम्मका बालबालिकालाई कोरोना भाइरस विरुद्धको खोप लगाउन गत मार्च १६ देखि सुरु गरिएको हो।

कोरोना भाइरस विरुद्धको खोप लगाउनु उपयुक्त हुने विज्ञ तथा सरोकारवालाहरूको सुझाव र निष्कर्षका आधारमा भारतमा सरकारले बालबालिकालाई पनि खोप लगाइदिने निर्णय गरेको थियो।

खोप लगाएका बालबालिकालाई खोप लगाएर सुरक्षित भएको भन्दै संघीय स्वास्थ्य मन्त्री मनसुख मन्डावियाले बधाइ दिएका छन।

खोप लगाएका बालबालिका मध्ये एक करोड दुई लाख २७२ जनाले दोस्रो खोप पनि लगाएको स्वास्थ्य मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ।

त्यसैगरी १५ देखि १८ वर्षसम्मका भने पाँच करोड ८७ लाख ७० हजार ४२८ ले कम्तीमा एउटा खोप लगाएका छन्। ती मध्ये चार करोड ३३ लाख आठ हजार ६५१ जनाले दोस्रो खोप लगाएका छन्।

भारतमा अघिल्लो वर्षको जनवरी १६ देखि देशव्यापी रुपमा कोरोना भाइरस विरुद्धको खोप लगाउने अभियान सुरु गरिएको थियो।

प्रकाशित मिति: १८:५६ बजे, मंगलबार, वैशाख २७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्