Kathmandu Press

बोलिभियामा भागदौडमा ४ जनाको मृत्यु, दर्जनौँ घाइते

बोलिभिया, बैशाख २७ : बोलिभियाको पोटोसी शहरमा भागदौड मच्चिँदा अश्रु ग्यास ग्रेनेड विस्फोट हुँदा कम्तीमा चार विद्यार्थीको मृत्यु हुनाको साथै ५० जना घाइते...
बोलिभियामा भागदौडमा ४ जनाको मृत्यु, दर्जनौँ घाइते

बोलिभिया, बैशाख २७ : बोलिभियाको पोटोसी शहरमा भागदौड मच्चिँदा अश्रु ग्यास ग्रेनेड विस्फोट हुँदा कम्तीमा चार विद्यार्थीको मृत्यु हुनाको साथै ५० जना घाइते भएको स्थानीय प्रहरीले सोमबार उल्लेख गरेको छ।

टोमस फ्रियास अटोनोमस युनिभर्सिटीमा आगामी विद्यार्थी परिषद्को निर्वाचनलाई लिएर विश्वविद्यालयको मैदानमा विद्यार्थी सभा गरिरहेका बेला उक्त घटना भएको हो।

विश्वविद्यालयका रेक्टर पेड्रो लोपेजले पत्रकारहरूलाई दिएको जनाकारी अनुसार धेरै घाइते विद्यार्थीहरू सघन उपचार कक्षमा छन्। उनले मृत्यु हुनेको संख्या बढी हुने सम्भावनालाई अस्वीकार गरेका छैनन्।

एरेनामा ग्यास ग्रेनेड विस्फोटको बारेमा प्रारम्भिक जानकारी पुष्टि गर्न अनुसन्धान चलिरहेको लोपेजले बताएका छन्।

प्रकाशित मिति: १८:५० बजे, मंगलबार, वैशाख २७, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्