Kathmandu Press

सवारी दुर्घटनामा दुईको मृत्यु

दाङ, वैशाख २७ : दाङमा सवारी दुर्घटनामा परी सोमबार गम्भीर घाइते भएका दुई जनाको आज उपचारका क्रममा मृत्यु भएको छ। मृत्यु हुनेमा गढवा गाउँपालिका–६...
सवारी दुर्घटनामा दुईको मृत्यु

दाङ, वैशाख २७ : दाङमा सवारी दुर्घटनामा परी सोमबार गम्भीर घाइते भएका दुई जनाको आज उपचारका क्रममा मृत्यु भएको छ। मृत्यु हुनेमा गढवा गाउँपालिका–६ निवासी २० वर्षीय अरुण चौधरी र सोही स्थानका २३ वर्षीय सुरज चौधरी रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता मुकुन्दप्रसाद रिजालले जानकारी दिए। 

घाइते दुवैलाई लमही अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि नेपालगञ्ज सिफारिस गरिएको थियो । उपचारका क्रममा आज दुवै जनाको मृत्यु भएको बताइएको छ।

Hardik ivf

सोमबार दिउँसो साढे १ बजे गढवाबाट लमहीतर्फ आउँदै गरेको रा६प ७३७९ नंको मोटरसाइकललाई विपरीत दिशाबाट आइरहेको बागमती प्रदेश०१–०२७च ००७७ नंको स्कार्पियोले गढवा गाउँपालिका–५ सिक्रहवामा एकापसमा ठोक्किँदा  मोटरसाइकलमा सवार दुवै जना गम्भीर घाइते भएका थिए। 

गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जनाएको छ। 

प्रकाशित मिति: १७:१४ बजे, मंगलबार, वैशाख २७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्