Kathmandu Press

राष्ट्रसंघद्वारा कंगोमा भएको हिंसात्मक आक्रमणको निन्दा

संयुक्त राष्ट्रसंघ, वैशाख २७ : संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले कंगोमा हालै सर्वसाधारण व्यक्तिमाथि भएको हमला र हत्याको कडा शब्दमा निन्दा गरेका छन् ।...
राष्ट्रसंघद्वारा कंगोमा भएको हिंसात्मक आक्रमणको निन्दा

संयुक्त राष्ट्रसंघ, वैशाख २७ : संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले कंगोमा हालै सर्वसाधारण व्यक्तिमाथि भएको हमला र हत्याको कडा शब्दमा निन्दा गरेका छन् । उनले हतियारधारी समूहले निहत्था सर्वसाधारणमाथि गरेको हमलाको निन्दा गर्दै यस्ता कार्य तुरुन्त रोक्न र दोषीमाथि कडा कारबाही गर्न माग गरेका छन्। 
 
उनका प्रवक्ताले कंगोको इतृुरी प्रान्तको डिजुगु क्षेत्रमा सोमबार आएका हतियारधारीहरुले अकस्मात हमला गरेर कम्तीमा पनि ३८ जनाको ज्यान लिएको घटनाको विज्ञप्तिमार्फत् निन्दा गरिएको छ। सो हमलामा परेर अरु कैयौँ व्यक्ति घाइते भएका छन् भने यहाँ मारिएका ३८ जनामा महिला र बालबालिका पनि परेका छन्। 

यसरी सर्वसाधारण नागरिकमाथि विना कुनै कारण हुने गरेका हमला अमानवीय भएकाभे भन्दै महासचिव गुटरेसले यस्ता कार्य रोक्न माग पनि गरेका छन्। 

प्रकाशित मिति: १५:२० बजे, मंगलबार, वैशाख २७, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्