Kathmandu Press

दक्षिण कोरियाले उत्तर कोरियासँगको वार्ताको ढोका खुला राख्ने

सउल, वैशाख २७ : दक्षिण कोरियाले उत्तर कोरियासँगको वार्ताको ढोका खुला राख्ने जनाएको छ। दक्षिण कोरियाका नवनियुक्त राष्ट्रपतिले सो कुरा बताएका छन्। उनले सोमबार...
दक्षिण कोरियाले उत्तर कोरियासँगको वार्ताको ढोका खुला राख्ने

सउल, वैशाख २७ : दक्षिण कोरियाले उत्तर कोरियासँगको वार्ताको ढोका खुला राख्ने जनाएको छ। दक्षिण कोरियाका नवनियुक्त राष्ट्रपतिले सो कुरा बताएका छन्। उनले सोमबार यहाँका समाचारदाताहरुसँग सो धारणा राखेका हुन्। 

सोमबार दक्षिण कोरियाको नेसनल एसेम्ब्लीमा भएको उनको सपथ समारोहपछि त्यहाँ उपस्थित भएका सम्वाददाताहरुसँग उहाँले आफूले उत्तर कोरियासँग वार्ताको ढोका सधैँ खुला राख्ने बताएका हुन्। यहाँका नवनियुक्त राष्ट्रपति युन सुक–येउलले सो धारणा राखेका हुन्। उनले भनेका छन्– हामी सबै समस्याहरुको समाधान शान्तिपूर्ण रुपमा वार्ताबाट गर्न सकिन्छ भन्ने विश्वास गर्छौँ त्यसैले हामी सबैसँग वार्ताको ढोका खुला राख्दछौँ।

दक्षिण कोरियाका राष्ट्रपतिको पाँच वर्षे कार्यकाल सुरु भएको छ । उनले आफ्नो कार्यकालमा उत्तर कोरियासँग वार्ता गर्ने र कोरियाली प्रायद्धीपको समस्या शान्तिपूर्ण वार्ताका माध्यमबाट समाधान गर्ने पनि बताए। 

प्रकाशित मिति: १५:१८ बजे, मंगलबार, वैशाख २७, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्