Kathmandu Press

श्रीलंकाका प्रधानमन्त्रीको राजीनामा स्वीकृत, देशव्यापी कर्फ्यु घोषणा 

श्रीलंकाका प्रधानमन्त्रीको राजीनामा स्वीकृत, देशव्यापी कर्फ्यु घोषणा 
फाइल तस्बिर

कोलम्बो, वैशाख २७ : श्रीलंकाका राष्ट्रपति महेन्द्र राजपाक्छेको राजीनामा स्वीकृत भएको छ। राष्ट्रपतिले राजीनामा दिएपछि श्रीलंकामा आर्थिक संकटको अवस्था झनै गहिरिएको बताइएको छ। राष्ट्रपति राजापक्छेले सोमबार राजीनामा दिएका थिए। 

उनको राजीनामा सोमबार मध्यराति स्वीकृत भएको श्रीलंकाली राष्ट्रपतिको कार्यालयले जनाएको छ । 

श्रीलंकाका सञ्चारमध्यमहरुका अनुसार सरकार विरोधी आन्दोलन थप हिंसात्मक बन्दै गएपछि श्रीलंकाली सरकारले देशव्यापी रुपमा कर्फ्यूको घोषणा गरेको छ । 

यसअघि पनि सोमबार रातिदेखि मंगलबारसम्म लगाइएको कर्फ्यु आदेश बुधबारसम्मलाई थप गरिएको पनि श्रीलंकाली सरकारले जनाएको छ ।

सोमबार मात्र पनि बिहान प्रदर्शनकारीहरुले यहाँका विभिन्न स्थानमा विरोध प्रदर्शन गरेका छन् उनीहरुमध्ये धेरैले प्रधानमन्त्री राजपाक्छेलाई पदबाट राजीनामा नदिनु भनेर प्रदर्शन गरेका बताइएको छ। 

प्रकाशित मिति: १५:१४ बजे, मंगलबार, वैशाख २७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्