Kathmandu Press

रसुवाका मतदानस्थलमा त्रिपाल

रसुवा, वैशाख २७ : दैनिकरूपमा फाट्टफुट्ट परिरहेको वर्षालाई मध्येनजर राख्दै मतदानस्थलमा त्रिपालको व्यवस्था गरिएको छ। उत्तरगया गाउँपालिकामा कार्यरत निर्वाचन अधिकृत मुना अधिकारी ढकालका अनुसार...
रसुवाका मतदानस्थलमा त्रिपाल

रसुवा, वैशाख २७ : दैनिकरूपमा फाट्टफुट्ट परिरहेको वर्षालाई मध्येनजर राख्दै मतदानस्थलमा त्रिपालको व्यवस्था गरिएको छ। उत्तरगया गाउँपालिकामा कार्यरत निर्वाचन अधिकृत मुना अधिकारी ढकालका अनुसार उत्तरगयाका क्षेत्रको पाँचवटा वडाअन्तर्गत रहने ११ मतदान केन्द्रमा गाउँपालिकामार्फत त्रिपाल व्यवस्था गरिएको हो।

त्रिपालको व्यवस्थापनले चिप्लेटी, ठूलोगाउँ, डाँडागाउँ, ढुङ्गे, कुवापानी र माझगाउँ समेतका स्थानमा रहने मतदान केन्द्रबाट आठ हजार ४०२ मतदातालाई सहज हुने  छ। जिल्लाका ५१ वटै मतदान केन्द्रमा त्रिपालको व्यवस्थापन गर्न सम्बन्धीत निकायसँग परामर्श भइरहेको मुख्य निर्वाचन अधिकृत राजेन्द्र नेपालले बताए। 

Hardik ivf

यस्तै स्थानीय तहको निर्वाचन सम्पन्नपश्चात मतगणनास्थल तय गरी पाँचवटै स्थलमा सिसी क्यामेरासमेत जडान भइसकेको र मतदान सम्पन्न गराउने सबै कर्मचारी आफ्नो गन्तव्यतर्फ प्रस्थान गरिसकेको समेत उनले जानकारी दिए। 

आसन्न निर्वाचनमा कूल ३८ हजार ५४५ मतदाता रहेका जिल्ला निर्वाचन अधिकारी श्रीराम थापाले बताए। प्रमुख जिल्ला अधिकारी नवराज जैसीले निर्धक्क साथ मतदान गर्न आग्रह गरे। 

प्रकाशित मिति: १४:२१ बजे, मंगलबार, वैशाख २७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्