Kathmandu Press

७ सयले घट्यो सुनको मूल्य

काठमाडौं, वैशाख २७ : सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ७०० ले घटेर रु ९८ हजार तोकिएको छ। पहेँलो धातु अघिल्लो दिन...
७ सयले घट्यो सुनको मूल्य

काठमाडौं, वैशाख २७ : सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ७०० ले घटेर रु ९८ हजार तोकिएको छ। पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु ९८ हजार ७०० मा कारोबार भएको थियो।

नेपाल सुन–चाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९७ हजार ५०० छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९८ हजार २०० थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु १० ले घटेर रु एक हजार २७५ तोकिएको महासङ्घले जनाएको छ। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८६३ डलर आसपास कारोबार भइरहेको छ। 

प्रकाशित मिति: १२:०५ बजे, मंगलबार, वैशाख २७, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्