सवारी दुर्घटनामा तीन जनाको मृत्यु
काठमाडौं, वैशाख २६ : काठमाडौं, नागार्जुन नगरपालिका–४ सोल्टीमोडस्थित सडकमा ना.५ ख १९०९ नम्बरको ट्रक र बा.९४ प ८६७६ नम्बरको स्कुटर एकआपसमा ठक्कर खाई...
काठमाडौं, वैशाख २६ : काठमाडौं, नागार्जुन नगरपालिका–४ सोल्टीमोडस्थित सडकमा ना.५ ख १९०९ नम्बरको ट्रक र बा.९४ प ८६७६ नम्बरको स्कुटर एकआपसमा ठक्कर खाई सोमबार बिहान दुर्घटना हुँदा स्कुटरमा सवार कीर्तिपुर नगरपालिका–२ ट्यांलाफाँट बस्ने ६२ वर्षीया बिमला देवी भट्टराईको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएकी उनको त्रिवि शिक्षणअस्पताल महाराजगंजमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका स्कुटर चालकको सोही अस्पतालमा उपचार भइरहेको छ ।
ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बाँकेको राप्तिसोनारी गाउँपालिका–८ गल्ली कुटानस्थित सडकमा भे. १० प २७८४ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई सोमबार बिहान दुर्घटना हुँदा मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेहरूमा मोटरसाइकल चालक दाङ तुल्सीपुरउपमहानगरपालिका–५ बस्ने २९ वर्षीय मान बहादुर बिक र मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने २५ वर्षीय किशोर बसौली रहेका छन् ।
दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।












