एकैदिनमा ६ जना मृत अवस्थामा भेटिए
काठमाडौं, बैशाख २६ : देशका विभिन्न स्थानमा गरी ६ जना मृत अवस्थामा भेटिएका छन् ।बैतडीको दशरथचन्द नगरपालिका १ कलौन बस्ने ४० वर्षीय अंकित...
काठमाडौं, बैशाख २६ : देशका विभिन्न स्थानमा गरी ६ जना मृत अवस्थामा भेटिएका छन् ।
बैतडीको दशरथचन्द नगरपालिका १ कलौन बस्ने ४० वर्षीय अंकित प्रशाद भट्ट सुर्नया गाउँपालिका २ सिन्केलेक भन्ने स्थानमा आइतबार मृत अवस्थामा फेला परेका छन् । विगत ३ दिनदेखि हराई बेपत्ता भएका उनको खोजी गर्ने क्रममा उक्त स्थानमा शव फेला परेको हो ।
यस्तै गोरखाको भिमसेन थापा गाउँपालिका–१ कनकामना सामुदायिक वनमा सोही गाउँपालिका ४ बस्ने ७८ वर्षीया फुलमती सार्की आइतबार मृत अवस्थामा फेला परेकी छिन् ।
ललितपुर, महाकाल गाउँपालिका–२ मानिखेल बस्ने ४५ वर्षीय दिपक भोम्जन सोही ठाउँस्थित मानिखेल आधारभूत बिद्यालयको भवन पछाडि आइतबार मृत अवस्थामा फेला परेका छन् । कञ्चनपुरको भिमदत्त नगरपालिका–१८ गोबरियास्थित नालामा सोही नगरपालिका १८ निम्बुखेडा बस्ने ५५ वर्षीय जगदिश महरा आइतबार मृत अवस्थामा फेला परेका छन् ।
सुनसरी, कोशी गाउँपालिका–८ सप्तकोशी नदीको किनारामा हाल नाम, थर, नखुलेका अन्दाजी ३५ वर्षीय पुरुष आइतबार मृत अवस्थामा फेला परेका छन् ।
नवलपरासी (पूर्व), मध्यबिन्दु नगरपालिका–१५ रानिचौरस्थित नारायणी नदीको किनारामा कावासोती नगरपालिका–६ बस्ने २५ वर्षीय प्रकाश भुषाल आइतबार मृत अवस्थामा फेला परेका छन् ।
कावासोती नगरपालिका–१३ पिठौलीघाटस्थित नारायणी नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका उनको शव फेला परेको हो ।












