Kathmandu Press

वडाध्यक्ष घागामगरको निधन

खोटाङ, वैशाख २६ : खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–७ टेम्माका वडाध्यक्ष धनबहादुर घागामगरको निधन भएको छ । फोक्सोमा पानी जमेपछि बिरामी हुनुभएका उनको ८२ वर्षको...
वडाध्यक्ष घागामगरको निधन

खोटाङ, वैशाख २६ : खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–७ टेम्माका वडाध्यक्ष धनबहादुर घागामगरको निधन भएको छ । फोक्सोमा पानी जमेपछि बिरामी हुनुभएका उनको ८२ वर्षको उमेरमा आज आफ्नै निवासमा निधन भएको हो।

घागामगरलाई यही वैशाख ७ गते उपचारका लागि नोवेल अस्पताल विराटनगर लगिएको थियो । उनलाई अस्पतालबाट गए राति घर ल्याइएको गाउँपालिका अध्यक्ष भूपेन्द्र राईले जानकारी दिए। विसं २०७४ को स्थानीय तह निर्वाचनमा घागामगर कांग्रेसबाट वडाध्यक्षमा निर्वाचित भएका थिए। उनी २०३३ देखि निरन्तर जनप्रतिनिधिको भूमिकामा सक्रिय रहेका थिए। 

घागामगर गाउँपालिकाकै ज्येष्ठ जनप्रतिनिधि थिए । कांग्रेस दिप्रुङ चुइचुम्मा गाउँपालिका सभापति अमृत गिरीका अनुसार मुटु र फोक्सोको रोगबाट पीडित घागामगरलाई विराटनगरमा उपचार सम्भव नभएपछि घर ल्याइएको थियो। 

उनी २०२२ देखि राजनीतिमा सक्रिय थिए । घागामगर २०३३ सालमा वडाध्यक्ष, २०३८ सालमा प्रधानपञ्च र २०४९ सालमा गाविस अध्यक्षमा निर्वाचित भएका थिए। उनको निधनले पार्टीलाई मात्र नभइ जिल्लालाई क्षति पुगेको नेपाली कांग्रेस खोटाङका सभापति विष्णुकुमार राईले बताए । उनको आजै दाहसंस्कार गरिएको बताइएको छ। 

प्रकाशित मिति: १७:२२ बजे, सोमबार, वैशाख २६, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्