थप ८ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडाैं, वैशाख २६ : नेपालमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।देशभर गरिएको १ हजार ६ सय ९३ पिसिआर परिक्षणका क्रममा ६...
काठमाडाैं, वैशाख २६ : नेपालमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
देशभर गरिएको १ हजार ६ सय ९३ पिसिआर परिक्षणका क्रममा ६ जना र १ हजार २ सय ९ एन्टीजेन परिक्षणका क्रममा २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
कोरोनाका कारण सोमबार पनि कसैको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। त्यस्तै थप १७ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६६ हजार ८ सय ६ जना निको भएका छन्।
हाल नेपालमा १ सय ९० सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ।
प्रकाशित मिति: १७:१७ बजे, सोमबार, वैशाख २६, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार












