Kathmandu Press

श्रीलंकाका प्रधानमन्त्री राजापाक्षेद्वारा राजीनामा

काेलम्बाे, वैशाख २६ : राष्ट्रव्यापी विरोध तीव्र हुँदै गएपछि श्रीलंकाली प्रधानमन्त्री महिन्दा राजापाक्षेले पदबाट राजीनामा दिएका छन्।श्रीलंकाली अनलाइन डेलीमिरर डट एलकेका अनुसार उनले आज...
श्रीलंकाका प्रधानमन्त्री राजापाक्षेद्वारा राजीनामा

काेलम्बाे, वैशाख २६ : राष्ट्रव्यापी विरोध तीव्र हुँदै गएपछि श्रीलंकाली प्रधानमन्त्री महिन्दा राजापाक्षेले पदबाट राजीनामा दिएका छन्।

श्रीलंकाली अनलाइन डेलीमिरर डट एलकेका अनुसार उनले आज (सोमबार) राष्ट्रपति गोताबाया राजापाक्षेसमक्ष राजीनामापत्र बुझाएका हुन्।

गोटबायाले शुक्रबार विशेष बैठकमा प्रधानमन्त्रीलाई देशमा जारी राजनीतिक संकटको समाधानका लागि राजीनामा दिन आग्रह गरेको केही दिनपछि महिन्दा राजापाक्षेले राजीनामा दिएका हुन्।

Hardik ivf

यो कदमले संकटग्रस्त देशमा नयाँ मन्त्रिपरिषद्को लागि मार्ग प्रशस्त गर्ने सम्भावना देखिएको छ।

राष्ट्रपति श्रीलङ्काको डेली मिररले जनाएअनुसार प्रधानमन्त्रीले राजीनामा दिएपछि राष्ट्रपति राजापाक्षेले संसद्मा रहेका सबै राजनीतिक दललाई सर्वदलीय मन्त्रिपरिषद् गठन गर्न आमन्त्रण गर्ने अपेक्षा गरिएको छ।

यसअघि विपक्षी दल समगी जन बालवेगयाले आफ्ना नेता सजिथ प्रेमदासाले अन्तरिम सरकारमा प्रधानमन्त्रीको पद स्वीकार नगर्ने पुष्टि गरेका थिए।

श्रीलङ्का हाल विदेशी मुद्राको अभावबाट उत्पन्न भएको आर्थिक सङ्कटबाट गुज्रिरहेको छ जसले इन्धन, खाद्यान्न र औषधि जस्ता अत्यावश्यक आपूर्तिहरूको अभाव निम्त्याएको छ। सरकार र सांसद्लाई तत्काल समाधान खोज्न माग गर्दै केही दिनदेखि आन्दोलन जारी छ।

राजधानी कोलम्बो र देशका अन्य भागमा सरकार समर्थक र विपक्षी प्रदर्शनकारीबीच हिंसात्मक झपडसँगै कर्फ्यु जारी छ।

वैदेशिक ऋणको साँवाब्याज भुक्तानी गर्न नसकेपछि श्रीलंकामा आर्थिक संकट गहिरिएको थियो। सोही विषयलाई लिएर विपक्षी दलका नेताहरुले उनको राजीनामा माग्दै आएका थिए।

प्रकाशित मिति: १६:५५ बजे, सोमबार, वैशाख २६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्