Kathmandu Press

जुम्लामा सात सय सुरक्षाकर्मी परिचालन

जुम्ला, वैशाख २६ :  निर्वाचन सुरक्षाका लागि जिल्लामा एक हजार ७२१ सुरक्षाकर्मी परिचालन गरिएको छ । जिल्ला सुरक्षा समितिले यही वैशाख ३० गते...
जुम्लामा सात सय सुरक्षाकर्मी परिचालन
Hardik ivf

जुम्ला, वैशाख २६ :  निर्वाचन सुरक्षाका लागि जिल्लामा एक हजार ७२१ सुरक्षाकर्मी परिचालन गरिएको छ । जिल्ला सुरक्षा समितिले यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई निष्पक्ष, धाँधलीरहित र भयरहित तवरबाट सम्पन्न गर्न आवश्यक सुरक्षाकर्मी परिचालन गरेको हो। 

निर्वाचन सुरक्षामा नेपाल प्रहरी ४३२, नेपाली सेना ३५०, सशस्त्र प्रहरी २७० र ६६९ म्यादी प्रहरी परिचालन भएको प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईंले जानकारी दिए। उनका अनुसार सुरक्षा टोलीले अहिले मतदानस्थल र केन्द्रको सूचना सङ्कलनदेखि स्थलगत निरीक्षणको काम गरिरहेको छ। 

निर्वाचन गतिविधि सुरु भएको क्षेत्रमा आवश्यक सुरक्षाको जनशक्ति खटिइसकिएको छ । निर्वाचनको सुरक्षा चुनौति आँकलन गर्दै चारैवटा सुरक्षा निकायले आआफ्नो तयारी तीव्र पारेको प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले जानकारी दिए । यहाँका आठ वटै स्थानीय तहमा नेपाली सेना परिचालन भएको नन्द बक्स गणका गणपति रवीन थापाले जानकारी दिए।  

प्रकाशित मिति: १६:४२ बजे, सोमबार, वैशाख २६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्