Kathmandu Press

पाकिस्तानका विदेशमन्त्री अमेरिका जाने

इस्लामाबाद, वैशाख २६ : पाकिस्तानका विदेश मन्त्री बिलावाल भुट्टो जर्दारी अमेरिका जाने भएका छन्। यही मे महिनाको मध्यतिर उनले अमेरिकाको भ्रमण गर्ने तयारी...
पाकिस्तानका विदेशमन्त्री अमेरिका जाने

इस्लामाबाद, वैशाख २६ : पाकिस्तानका विदेश मन्त्री बिलावाल भुट्टो जर्दारी अमेरिका जाने भएका छन्। यही मे महिनाको मध्यतिर उनले अमेरिकाको भ्रमण गर्ने तयारी भइरहेको सरकारी अधिकारीहरुले सोमबार जनाएका छन्।

कूटनीतिक स्राेतलाई उल्लेख गर्दै विभिन्न सञ्चार माध्यमहरुले लेखेको समाचारअनुसार उनी अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिङकेनको निमन्त्रणामा अमेरिका जान लाग्नु भएको हो।

उनीहरुका बीचमा केही दिन अगाडि मात्रै टेलिफोनमा कुराकानी भएको पनि अधिकारीहरुले जानकारी दिएका छन्। अमेरिका-पाकिस्तान सम्बन्धको ७५औं वार्षिकोत्सवको अवसरमा उहाँहरुका बीचमा टेलिफोन संवाद भएको हो। 

उनीहरुले आपसी सम्बन्ध थप बलियो बनाउदै लैजाने, सहकार्यका नयाँ ढोकाहरु खोल्नेलगायतका विषयमा पनि कुरा गर्नुभएको जनाइएको छ। 

प्रकाशित मिति: १६:०६ बजे, सोमबार, वैशाख २६, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्