Kathmandu Press

कांग्रेस वाग्मती प्रतिनिधि परियारका हत्यारालाई कारबाही गर्न माग

चितवन, वैशाख २६ : धारिलो हतियार प्रहार गरी हत्या गरिएका नेपाली कांग्रेसका बागमती प्रदेश प्रतिनिधि अनिल परियारको हत्यामा संलग्नलाई कारवाहीको माग गरिएको छ। नेपाली...
कांग्रेस वाग्मती प्रतिनिधि परियारका हत्यारालाई कारबाही गर्न माग

चितवन, वैशाख २६ : धारिलो हतियार प्रहार गरी हत्या गरिएका नेपाली कांग्रेसका बागमती प्रदेश प्रतिनिधि अनिल परियारको हत्यामा संलग्नलाई कारवाहीको माग गरिएको छ। 

नेपाली कांग्रेस चितवन, नेपाली कांग्रेस भरतपुर महानगर समिति, नेपाली कांग्रेस प्रदेश क्षेत्र कार्यसमिति, नेपाल दलित सङ्घ, नेपाल विद्यार्थी सङ्घ र नेपाल तरुणदलले छुट्टाछुट्टै विज्ञप्ति जारी गरी घटनामा संलग्नलाई कारबाहीको माग गरेका हुन्। 

Hardik ivf

कांग्रेस चितवनका सभापति राजेश्वर खनालद्वारा जारी विज्ञप्तिमा निर्वाचनको प्रचारप्रसारमा खटिएका युवामाथि भएको आक्रमण र हत्याको घटनाको सत्यतथ्य पत्ता लगाई दोषीलाई कारबाही गर्न माग गरिएको छ।

विज्ञप्तिमा भनिएको छ, 'निर्वाचनको प्रचारको सिलसिलामा खटिएका युवामाथि सुनियोजित तरिकाले साङ्घातिक आक्रमण गरी निर्मम तरिकाले हत्या भएको घटनाप्रति नेपाली कांग्रेस स्तब्ध एवं मर्माहत भएको छ।'

'उक्त घटनाको यथाशीघ्र सत्यतथ्य पत्ता लगाई दोषीलाई कडा सजाय गर्न सम्बन्धित निकायलाई माग गर्दछौं,' विज्ञप्तिमा उल्लेख छ। भरतपुर महानगरपालिका–७ कृष्णपुरमा धारिलो हतियार प्रहार गरी परियारको हत्या गरिएको थियो।

आइतबार साँझ ८ बजे भरतपुर–७ कृष्णपुरको नगर प्लटिङ्गमा अज्ञात समूहको आक्रमणबाट भरतपुर–१२ मिलनचोक बस्ने अन्दाजी ३० वर्षीय परियारको मृत्यु भएको हो। परियारको चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो।

यसैबीच घटनाको दोषिलाई पक्राउ गरी कारवाही गर्न माग गर्दै भरतपुरमा एक घण्टा चक्का जामसमेत गरिएको छ। 

प्रकाशित मिति: १५:२६ बजे, सोमबार, वैशाख २६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्