Kathmandu Press

मकवानपुरमा निर्वाचनका लागि तीन हजार २०० सुरक्षाकर्मी परिचालन

हेटौंडा, वैशाख २६ : स्थानीय तह निर्वाचनअन्तर्गत मकवानपुरमा यही वैशाख ३० मा हुन गइरहेको स्थानीय निर्वाचनमा तीन हजार २०० सुरक्षाकर्मी परिचालन गरिएको छ। मकवानपुरमा १०...
मकवानपुरमा निर्वाचनका लागि तीन हजार २०० सुरक्षाकर्मी परिचालन

हेटौंडा, वैशाख २६ : स्थानीय तह निर्वाचनअन्तर्गत मकवानपुरमा यही वैशाख ३० मा हुन गइरहेको स्थानीय निर्वाचनमा तीन हजार २०० सुरक्षाकर्मी परिचालन गरिएको छ। 

मकवानपुरमा १० स्थानीय तहको  निर्वाचनका लागि १६५ मतदानस्थल र ३५६ मतदान केन्द्र रहेकाले त्यसको सुरक्षाका  लागि  तीन हजार २०० सुरक्षाकर्मी परिचालन गरिएको बताइएको छ। शान्तिपूर्वक निर्वाचन गराउनका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, म्यादी प्रहरी र नेपाली सेनासमेत परिचालन गरिएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले जानकारी दिए। 

Hardik ivf

मकवानपुरमा  निर्वाचनका लागि प्रशासनद्धारा नेपाली सेना ५००, सशस्त्र प्रहरी ४००, नेपाल प्रहरी ९०० र म्यादी प्रहरी एक हजार ४०० परिचालित गरिएको हो । पहिलो घेरामा जनपद र म्यादी प्रहरी रहने छन् । दोस्रो घेरामा  सशस्त्र प्रहरी र तेस्रो घेरा अर्थात् मतदानस्थल वरिपरी नेपाली सेना परिचालन गरिएको छ।

सबै सुरक्षाकर्मी मतदान केन्द्रको सुरक्षा र गस्ती गर्ने लगायतको काम गर्ने बताइएको छ । नेपाल प्रहरी र म्यादी प्रहरी मतदान अधिकृत तथा सहायक मतदान अधिकृत र कर्मचारीसँग मतपत्र लगायतका सामग्री लिएर पठाउने तयारी सुरु भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय हेटौँडाले जनाएको छ । 

यस्तै जिल्लाका स्थानीय तहमा पठाउनुपर्ने निर्वाचन सामग्री पठाउने कार्य भइरहेको प्रदेश निर्वाचन कार्यालयका निर्वाचन अधिकृत लुम्बनाथ पोखरेलले बताए । मकवानपुरमा एक लाख ४९ हजार ९५४ पुरुष र एक लाख ४४ हजार ९५९ महिला तथा छ जना तेस्रो लिङ्गी गरी कूल दुई लाख ९४ हजार ९१९ मतदाता रहेका छन्। त्यसमा ६५ हजार ५४ नयाँ मतदाता रहेको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ। 

प्रकाशित मिति: १५:२५ बजे, सोमबार, वैशाख २६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्