Kathmandu Press

क्यानाडाका प्रधानमन्त्री र युक्रेनका राष्ट्रपतिबीच भेटवार्ता

क्यानाडाका प्रधानमन्त्री र युक्रेनका राष्ट्रपतिबीच भेटवार्ता

किभ, वैशाख २६ : क्यानाडाली प्रधानमन्त्री जस्टिन ट्रयुडेउ युक्रेन पुगेका छन्।

उनी आइतबार युक्रेन पुगेको समाचारमा जनाइएको छ। प्रधानमन्त्री ट्रयुडेउले आइतबार नै युक्रेनका राष्ट्रपति भोलोदोमिर जेलिन्स्किीसँग भेटवार्ता पनि गर्नुभएको बताइएको छ। 

उनीहरुका बीचमा युक्रेनको पछिल्लो अवस्थाका बारेमा कुराकानी भएको थियो। त्यस अवसरमा क्यानाडाले युक्रेनलाई गर्ने सहायताका बारेमा कुराकानी भएको थियो।

त्यसक्रममा युक्रेनका राष्ट्रपति जेलिन्स्किीले रुसका विरुद्धमा थप नाकाबन्दीका लागि आग्रह गरेका थिए।
 
साथै राष्ट्रपति जेलिन्स्किीले क्यानाडासँग युक्रेनका लागि थप सैन्य तथा अन्या मानवीय सहायता सामग्रीहरुको माग गरेका थिए।

त्यस अवसरमा क्यानाडाली प्रधानमन्त्रीले युक्रेनका लागि थप सैन्य सहयोग र अन्य आर्थिक सहायतासम्बन्धी प्याकेजको पनि घोषणा गरेको समाचारमा जनाइएको छ। 

प्रकाशित मिति: १३:१७ बजे, सोमबार, वैशाख २६, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्