Kathmandu Press

मदिरा ओसारपोसार तथा बिक्री वितरणमा रोक

वीरगन्ज, वैशाख २६ : आसन्न स्थानीय तहको निर्वाचनलाई लक्ष गरी  पर्सा र बारा जिल्लामा यही वैशाख २७ गते राति १२ बजेदेखि मदिरा ओसारपोसार...
मदिरा ओसारपोसार तथा बिक्री वितरणमा रोक

वीरगन्ज, वैशाख २६ : आसन्न स्थानीय तहको निर्वाचनलाई लक्ष गरी  पर्सा र बारा जिल्लामा यही वैशाख २७ गते राति १२ बजेदेखि मदिरा ओसारपोसार तथा बिक्री वितरणमा पूर्ण रुपमा रोक लगाइएको छ।

दुवै जिल्लाका सुरक्षा समितिको निर्णयअनुसार निर्वाचन सम्पन्न नभएसम्मका लागि जिल्लामा मदिरा ओसारपोसार तथा बिक्री वितरणमा पूर्ण रुपमा रोक लगाइएको हो। 

भोलि राति १२ बजदेखि नेपाल भारत सिमामा आवागमन बन्दसँगै  जिल्लाभर मदिरा ओसारपोसार तथा बिक्री वितरणमा पूर्ण रुपमा प्रतिबन्द लगाइएको पर्साका प्रमुख जिल्ला अधिकारी  उमेशकुमार ढकालले जानकारी दिए।

यता बारा जिल्लामा पनि वैशाख २७ गते राति १२ बजदेखि  निर्वाचन सम्पन्न नहुञ्जेलसम्मका लागि जिल्लाभर मदिरा ओसारपोसार तथा बिक्री वितरणमा  पूर्णरुपमा रोक लगाइएको त्यहाँका सहायक प्रमुख जिल्ला अधिकरी शिवराज सेडाइँले जानकारी दिए।

प्रकाशित मिति: १२:५० बजे, सोमबार, वैशाख २६, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्