Kathmandu Press

हवाना होटल विस्फोट : मृतकको संख्या ३० पुग्यो

हवाना, वैशाख २६ : क्युवाको राजधानी हवानाको मध्य क्षेत्रमा रहेको एउटा होटलमा गत शुक्रबार भएको विस्फोटमा परी मृत्यु हुनेको संख्या ३० पुगेको जनाइएको...
हवाना होटल विस्फोट : मृतकको संख्या ३० पुग्यो

हवाना, वैशाख २६ : क्युवाको राजधानी हवानाको मध्य क्षेत्रमा रहेको एउटा होटलमा गत शुक्रबार भएको विस्फोटमा परी मृत्यु हुनेको संख्या ३० पुगेको जनाइएको छ।

सो सुविधान सम्पन्न होटलमा गएको शुक्रबार विस्फोट भएको थियो। त्यसमा परी आइतबार थप पाँच जनाको ज्यान गएको छ। सो समेतगरी यस विस्फोटमा परेर ज्यान जानेको संख्या ३० पुगेको अधिकारीहरुले जानकारी दिएका छन्। 

उक्त दुर्घटनामा परी ज्यान जानेमा एकजना स्पेनी पर्यटक पनि परेको बताइएको छ। त्यसमा ती पर्यटकसहित ३० जनाको मृत्यु भएको राज्य सञ्चालित टेलिभिजनले आइतबार जनाएको छ। सो दुर्घटनामा परेका अरु कम्तीमा पनि ८४ जना घाइते छन्। ती घाइतेहरु पनि अधिकांश जलेका बताइएको छ। 

होटलको ग्यास चुहावटका कारण शक्तिशाली विस्फोट भएको क्युवाको राष्ट्रिय टेलिभिजनले जनाएको छ। यस दुर्घटनाको उद्धारको काम जारी रहेको पनि सो टिभीले जनाएको छ।

दुर्घटनापछि भग्नावशेषमा पुरिएका मानिसहरू जीवित पाइने आशामा खोजी जारी राखिएको क्युवाली अधिकारीले बताएका छन्। तर अब भने मानिसहरुलाई जीवितै उद्धारको सम्भावना नरहेको उनीहरुको भनाइ छ। 

प्रकाशित मिति: १२:२४ बजे, सोमबार, वैशाख २६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्