Kathmandu Press

आज नेपाल र जिम्बाबेबीच तेस्रो खेल हुँदै

काठमाडौं, वैशाख २६ : नेपाल र जिम्बाबेबीच आज तेस्रो एकदिवसीय खेल हुँदै छ।कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान साढे ९ बजे नेपाल र जिम्बाबेको...
आज नेपाल र जिम्बाबेबीच तेस्रो खेल हुँदै

काठमाडौं, वैशाख २६ : नेपाल र जिम्बाबेबीच आज तेस्रो एकदिवसीय खेल हुँदै छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान साढे ९ बजे नेपाल र जिम्बाबेको खेल शुरु हुनेछ। यसअघिका दुई खेलमा नेपाल र जिम्बाबेले एक-एक खेल जितेको छ।

पहिलो खेल जिम्बाबेले तीन विकेटले जितेको थियो। शनिबार भएको दोस्रो खेल नेपालले नौ विकेटले जितेको थियो।

आज तेस्रो खेलमा दुवै टिम श्रृंखला जित्ने लक्ष्यसहित मैदानमा उत्रिनेछन्। यसअघि भएको टी-२० श्रृंखला बराबरीमा टुंगिएको थियो।

प्रकाशित मिति: ०७:४१ बजे, सोमबार, वैशाख २६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्