Kathmandu Press

दिल्लीविरुद्धको खेलमा चेन्नई ९१ रनले विजयी

काठमाडौं, वैशाख २६ : इन्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गत गएराति भएको खेलमा चेन्नई सुपर किंग्स्ले दिल्ली क्यापिटल्सलाई ९१ रनले पराजित गरेको छ।चेन्नईले दिएको...
दिल्लीविरुद्धको खेलमा चेन्नई ९१ रनले विजयी

काठमाडौं, वैशाख २६ : इन्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गत गएराति भएको खेलमा चेन्नई सुपर किंग्स्ले दिल्ली क्यापिटल्सलाई ९१ रनले पराजित गरेको छ।

चेन्नईले दिएको २०९ रनको लक्ष्य पछ्याउने क्रममा दिल्लीले १७.४ ओभरमा सबै विकेट गुमाएर ११७ रन मात्रै बनाउन सक्यो।

Hardik ivf

दिल्लीका लागि मिचेल मार्शले २५, शार्दूल ठाकुर २४, कप्तान ऋषव पन्त २१ र डेभिड वार्नर १९ रन बनाए।

चेन्नईका लागि मोईन अलीले तीन, मुकेश चौधरी, सिमरजित सिंह र ड्वेन ब्राभोले समान दुई–दुई विकेट लिए।

पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ६ विकेट गुमाएर २०८ रन बनाएको थियो। चेन्नईका लागि ओपनर डेभन कन्वेले

८७ रन बनाए। यस्तै ऋतुराज गायकवाडले ४१, शिवम् दुवेले ३२ र महेन्द्रसिंह धोनीले २१ बनाए।

दिल्लीका लागि एनरिच नोर्कियाले तीन, खलिल अहमदले दुई र मिचेल मार्सले एक विकेट लिए।

आईपीएलमा आज अर्को खेल मुम्बई र कोलकाताबीच हुनेछ।

प्रकाशित मिति: ०६:५९ बजे, सोमबार, वैशाख २६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्