Kathmandu Press

सुदूरपश्चिममा निर्वाचनको तयारी अन्तिम चरणमा

धनगढी, वैशाख २६ : यही वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनको तयारी सुदूरपश्चिममा अन्तिम चरणमा पुगेको छ।मुख्य निर्वाचन अधिकृत जयानन्द पनेरुले ...
सुदूरपश्चिममा निर्वाचनको तयारी अन्तिम चरणमा

धनगढी, वैशाख २६ : यही वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनको तयारी सुदूरपश्चिममा अन्तिम चरणमा पुगेको छ।

मुख्य निर्वाचन अधिकृत जयानन्द पनेरुले  निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए। कर्मचारीलाई नियुक्ति पत्र दिई मतदान केन्द्रमा पठाउन शुरु गरिएको छ। मतदान केन्द्र निर्माण गर्न थालिएको छ।

Hardik ivf

मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी र कार्यालय सहयोगीलाई नियुक्ति पत्र दिई मतपत्र, मतपेटिकालगायत  निर्वाचन सामग्रीसहित खटाउन लागिएको हो। कैलालीका सबै १३ पालिकाका २३६ मतदानस्थलमा व्यवस्था गरिएका ६१९ मतदान केन्द्रका लागि ६१९ मतदान अधिकृत र त्यतिकै सङ्ख्यामा सहायक मतदान अधिकृत खटाइएको छ।

पाँच सय मतदाता भएको केन्द्रमा एक सहायक कर्मचारी र सो भन्दा बढी मतदाता भएको मतदान केन्द्रमा दुई  सहायक कर्मचारी खटाउन लागिएको छ। सबै मतदान केन्द्रमा एक कार्यालय सहयोगी खटाउन लागिएको छ।

निर्वाचनको मौन अवधि यही वैशाख २७ गते राति १२ बजेदेखि सुरु हुन लागेको पनेरुले जानकारी दिए। निर्वाचनको थोरै दिन बाँकी रहँदा प्रत्याशीहरु मतदाता रिझाउन अन्तिम कसरतमा लागेका छन्। जिल्लामा एक उपमहानगरपालिका, ६ नगरपालिका र ६ गाउँपालिका रहेको छ।

 

प्रकाशित मिति: ०६:४९ बजे, सोमबार, वैशाख २६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्