गैरसंवैधानिक तरिकाले अनलाइन सञ्चारमाध्यम बन्द गरिनु सह्य हुँदैन् : संघ
काठमाडौं, वैशाख २५ : प्रेस काउन्सिल नेपालले अनलाइन सञ्चारमाध्यम बन्द गराउनका लागि गरेको पत्राचार अनलाइन पत्रकार संघलाई सह्य नहुने भन्दै यस्तो गैरसंवैधानिक र...
काठमाडौं, वैशाख २५ : प्रेस काउन्सिल नेपालले अनलाइन सञ्चारमाध्यम बन्द गराउनका लागि गरेको पत्राचार अनलाइन पत्रकार संघलाई सह्य नहुने भन्दै यस्तो गैरसंवैधानिक र गैरकानुनी कार्य तत्काल रोक्न माग गरेको छ ।
संघका अध्यक्ष डिल्ली प्रसाद सापकोटाले एक बिज्ञप्ति मार्फत काउन्सिलको निर्णयले हालै विभिन्न २३ वटा अनलाइन संचारमाध्यम नेपालभित्र प्रकाशन र प्रशारण हुन नसक्ने गरी व्यवस्था मिलाउन नेपाल दूरसंचार प्राधिकरणलाई पत्राचार गरिएको विषयमा गम्भीर ध्यानाकर्षण भएको भन्दै ‘निर्वाचन आचारसंहिता, २०७८’ को उल्लंघन गरेको भन्दै मौका छोपेर पत्रकारितामाथि गरिएको यो प्रकारको प्रहार गैरसंवैधानिक र गैरकानुनी भएको तत्काल रोक्न माग गरेका हुन् ।
काउन्सिलको यो निर्णयले आश्चर्यचकित भएको भन्दै उक्त निर्णय नेपालको संविधान र त्यसले व्यवस्था विपरीत भएको संघले बताएको छ । यस्तै नेपाली पत्रकारहरुको छाता संस्था नेपाल पत्रकार महासंघको केन्द्रीय समितिको धारणा प्रष्ट रुपमा सार्बजनिक गर्न पनि संघले आग्रह गरेको छ ।
यस्तै संघले पत्रकार आचारसंहिताको अक्षरस पालना गर्नका लागि पत्रकारहरुलाई सचेत समेत गराएको छ । काउन्सिलले स्थानिय तह निर्वाचनका सन्दर्भमा २०७८ चैत २५ गते देखि निर्वाचन आचारसंहिता लागु भएको र अनलाइन सञ्चार माध्यमबाट निर्वाचन आचारसंहिता प्रतिकुल सामग्री सम्प्रेषण भएको देखिएको भन्दै केही अनलाइन सञ्चारमाध्यमलाई नेपालभर प्रकाशन र प्रशारण हुन नसक्ने गरी बन्द गराउन पत्राचार गरेको थियो ।












