Kathmandu Press

नाइजेरियाको उत्तरपश्चिममा भएको आक्रमणमा बन्दुकधारीहरूद्वारा ४८ जनाको हत्या

नाइजेरियाको उत्तरपश्चिममा भएको आक्रमणमा बन्दुकधारीहरूद्वारा ४८ जनाको हत्या

नाइजेरिया, बैशाख २५ : नाइजेरियाको उत्तर पश्चिमी जाम्फारा राज्यका तीन गाउँमा भएको आक्रमणमा बन्दुकधारीहरूले कम्तीमा ४८ जनाको हत्या गरेको स्थानीय अधिकारी र बासिन्दाले आइतबार बताएका छन्।

बकुरा गाविसका प्रशासकीय प्रमुख अमिनु सुलेमानले एक जना बासिन्दाले उपलब्ध गराएको मृतक सङ्ख्यालाई पुष्टि गर्दै भने, 'तीन गाउँ दम्री, सबोन गारिन र कालाहमा डाँकाहरूले गरेको नृसंश आक्रमणमा ४८ जनाको मृत्यु भएको जानकारी प्राप्त भएको छ।'

आक्रमणस्थल शहरबाट धेरै टाढा जङ्गली क्षेत्रमा रहेकोले घटनाबारे थप विस्तृत विवरणहरू आउन अझै केही समय लाग्ने बताइएको छ।

अफ्रिकी मुलुक नाइजेरियामा गाउँहरूमा सरकारी सुरक्षा संयन्त्र नपुग्दा बर्षेनी डाकाहरूको आक्रमणबाट सर्वसाधारणले ज्यान गुमाउने गरेका छन्।

प्रकाशित मिति: २०:४१ बजे, आइतबार, वैशाख २५, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्