Kathmandu Press

दैलेखको आठबीसमा सकेट बम भेटियो

दैलेख, बैशाख २५ : दैलेखको आठबीस नगरपालिका–६ रोलमा सकेट बम भेटिएको छ। नेपाली सेना र नेपाल प्रहरीको टोली घट्नास्थलमा  पुगेको छ। नेपाली सेनाको...
दैलेखको आठबीसमा सकेट बम भेटियो

दैलेख, बैशाख २५ : दैलेखको आठबीस नगरपालिका–६ रोलमा सकेट बम भेटिएको छ। नेपाली सेना र नेपाल प्रहरीको टोली घट्नास्थलमा  पुगेको छ। नेपाली सेनाको बम डिस्पोजल टोलीले सकेट बम निष्क्रिय गर्ने तयारी गरेको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भुवनेश्वर शाहका अनुसार खनजोतको क्रममा स्थानीयले सकेट बम फेला पारेका हुन्। उनले भने, ‘पहिला सुरक्षाफौजको ब्यारेक भएका कारण बम जमिनमुनि  भेटिएको हो।’ यसअघि उक्त ठाउँमा ब्यारेक थियो। विसं २०६३ मा यहाँबाट ब्यारेक हटाइपछि अहिलेसम्म चारवटा बम निष्क्रिय पारिसकिएको छ।    

प्रकाशित मिति: १९:५२ बजे, आइतबार, वैशाख २५, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्