Kathmandu Press

अनलाइनविरुद्धको नकारात्मक टिप्पणीप्रति महासंघको ध्यानाकर्षण, पत्रकारिता क्षेत्रलाई दबाब नदिन आग्रह 

काठमाडौं, वैशाख २५ : नेपाल पत्रकार महासंघले अनलाइन खबरविरुद्ध सामाजिक सञ्जालमा सक्रिय समुहलाई कुनै पनि दल वा उम्मेदवारप्रतिको स्वस्थ आलोचना तथा विचार सुन्ने...
अनलाइनविरुद्धको नकारात्मक टिप्पणीप्रति महासंघको ध्यानाकर्षण, पत्रकारिता क्षेत्रलाई दबाब नदिन आग्रह 

काठमाडौं, वैशाख २५ : नेपाल पत्रकार महासंघले अनलाइन खबरविरुद्ध सामाजिक सञ्जालमा सक्रिय समुहलाई कुनै पनि दल वा उम्मेदवारप्रतिको स्वस्थ आलोचना तथा विचार सुन्ने धैर्यता राख्न र संविधानप्रदत्त अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्न आग्रह गरेको छ । 

महासंघका सचिव रोशन पुरीले आज एक बिज्ञप्ति जारी गर्दै अनलाइनखबर डटकममा स्थानीय निर्वाचनमा काठमाडौं महानगरपालिकाको प्रमुख पदका स्वतन्त्र उम्मेदवारको सन्दर्भमा प्रकाशित समाचारलाई लिएर एक समुहको सक्रियतामा उक्त अनलाइनप्रति भैरहेका नकारात्मक टिकाटिप्पणीप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको भन्दै यस्तो आग्रह गरेको हो ।

Hardik ivf

अनलाइनमा वैशाख २३ गते शुक्रबार ‘भाइरल उम्मेदवार र राष्ट्रिय झण्डाको अपमान’ शीर्षकमा प्रकाशित सामग्रीलाई लिएर अनलाइनप्रति सो समुहले सुनियोजित रूपमा लाञ्छना लगाएको महासंघको ठहर छ । बिज्ञप्तिमा भनिएको छ,  ‘सो अनलाइनको साख घटाउन जुन प्रकारले प्रविधिको संगठित रूपमा प्रयोग गरियो, त्यो कार्य निन्दनीय छ । 

यस वर्षको विश्व प्रेस स्वतन्त्रता दिवसको नारा ‘प्रविधि नियन्त्रित पत्रकारिता’ ले संकेत गरेको एउटा सन्दर्भ प्रविधिको दुरुपयोग गर्दै हुने मिडियामाथिको प्रहार पनि हो । प्रेसमाथि यो प्रकारको नयाँ प्रहारको महासंघ भत्र्सना गर्दछ ।’ 

कुनै एक व्यक्तिको स्वार्थका लागि पत्रकारिता क्षेत्रलाई दबाब दिने र हतोत्साहित बनाउने कार्य हुनु प्रेस स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप भएको भन्दै संप्रेषित समाचारप्रति चित्त नबुझे या गुनासो रहे त्यसको निरुपणका लागि प्रेस काउन्सिलमा उजुरी दिन सकिने प्रावधान हुँदाहुँदै समुह नै सक्रिय भएर स्वतन्त्र सञ्चारमाध्यमको साख गिराउने कार्यप्रति आपत्ति जनाउँदै प्रेस स्वतन्त्रताको पूर्ण प्रत्याभूति दिलाउन महासंघ सरकारसँग माग गर्दछ ।

प्रकाशित मिति: १९:४० बजे, आइतबार, वैशाख २५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्