Kathmandu Press

जुम्लामा ४९६ कर्मचारी निर्वाचनमा खटिए

जुम्ला, बैशाख २५ : स्थानीय तहको निर्वाचनका लागि जुम्लामा ४९६ कर्मचारी खटिएका छन्। दुई सय चार मतदान अधिकृतसहित सो सङ्ख्यामा कर्मचारी खटिएको मुख्य...
जुम्लामा ४९६ कर्मचारी निर्वाचनमा खटिए

जुम्ला, बैशाख २५ : स्थानीय तहको निर्वाचनका लागि जुम्लामा ४९६ कर्मचारी खटिएका छन्। दुई सय चार मतदान अधिकृतसहित सो सङ्ख्यामा कर्मचारी खटिएको मुख्य निर्वाचन कार्यालयका सहायक निर्वाचन अधिकृत तोयानाथ उपाध्यायले बताए।

उनले भने, 'जिल्लाका ७९ मतदानस्थल र १०२ मतदान केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृत खटिने कर्मचारीसमेत छनोट गरिएको छ। जसमा छ महिला निर्वाचन अधिकृत खटिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। पाँच सयभन्दामाथि मतदाता भएका मतदान केन्द्र पाँच र ५०० भन्दा मुनी मतदाता भएका केन्द्रमा चार कर्मचारी खटाएको छ।

जिल्ला निर्वाचन अधिकारी महेश शर्माका अनुसार जिल्लामा ८८ मतदान केन्द्र ५०० भन्दा बढी मतदाता सङ्ख्या रहेको छ। सो सङ्ख्यामा १४ वटा केन्द्रमा मतदाता कम रहेको छ। सोही मापदण्डअनुसार जिल्लामा कर्मचारी परिचालन हुने निर्वाचन कार्यालय जुम्लाले जनाएको छ।

प्रत्येक केन्द्रमा कर्मचारीसहित तीन स्वयंसेवक खटिने भएका छन्। अधिकृत र सहायक मतदान अधिकृतको तालिम सञ्चालन गरिसकेको निर्वाचन कार्यालयले जनाएको छ।

प्रकाशित मिति: १९:३५ बजे, आइतबार, वैशाख २५, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्