Kathmandu Press

बैतडीकाे सीमा नाका तीन दिन बन्द

बैतडी, बैशाख २५ : वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै नेपाल–भारत सीमा नाका तीन दिनका लागि बन्द हुनेभएको छ।जिल्ला प्रशासन...
बैतडीकाे सीमा नाका तीन दिन बन्द

बैतडी, बैशाख २५ : वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै नेपाल–भारत सीमा नाका तीन दिनका लागि बन्द हुनेभएको छ।

जिल्ला प्रशासन कार्यालय बैतडीका सूचना अधिकारी खगेन्द्र भारतीका अनुसार भारतसँग सीमा जोडिएको झुलाघाट नाका सोमबारदेखि बन्द हुने भएको हो। निर्वाचन सुरक्षालाई मध्यनजर गर्दै वैशाख २७ गते रात्रि १२ बजेदेखि वैशाख ३० गते रात्रि १२ बजेसम्म सीमा बन्द हुनेभएको हो।

Hardik ivf

सो अवधिमा सीमा नाकामा पूर्ण रुपमा आवतजावत बन्द गरिने उनले बताए। भारतीय अधिकारीहरूसँग समन्वय गरेर नाका बन्द गर्न लागिएको हो। कुनै देशमा चुनाव हुँदा अन्तरराष्ट्रिय नियमअनुसार नै सीमा बन्द गरिन्छ। यसैबीच निर्वाचनलाई नै मध्यनजर गरेर सीमा क्षेत्रको सुरक्षा व्यवस्था कडा गरिएको छ।

बैतडीका १० स्थानीय तहमा १० पालिका प्रमुख, १० उपप्रमुख, ८४ वडाध्यक्ष, र ३३६ वडा सदस्य गरी कूल ४४० पदका लागि निर्वाचन हुँदैछ।

प्रकाशित मिति: १८:२८ बजे, आइतबार, वैशाख २५, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्