Kathmandu Press

पेट्रोलियम पदार्थको कारोबार निजी क्षेत्रलाई खुला गर्न सुझाव

काठमाडौं, कात्तिक ४ :  बजारमा नेपाल आयल निगमको एकाधिकार तोड्न र तेस्रो मुलुकबाट पनि इन्धन आयात गर्न उच्चस्तरीय अध्ययन कार्यदलले सरकारलाई सुझाव दि....

पेट्रोलियम पदार्थको कारोबार निजी क्षेत्रलाई खुला गर्न सुझाव
फाइल

काठमाडौं, कात्तिक ४ :  बजारमा नेपाल आयल निगमको एकाधिकार तोड्न र तेस्रो मुलुकबाट पनि इन्धन आयात गर्न उच्चस्तरीय अध्ययन कार्यदलले सरकारलाई सुझाव दिएको छ। 

प्रतिवेदनमा पेट्रोलियम पदार्थको कारोबार निजी क्षेत्रलाई खुला गर्न समेत सुझाव दिइएको छ। सोमबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवलाई कार्यदलले प्रतिवेदन बुझाउँदै तेल किन्ने देशको विकल्प अन्य पनि राख्न सुझाव दिएको हो। कार्यदलले प्रतिवेदनमा विगतका जस्तै नाकाबन्दीको समस्या टार्न पनि विकल्पहरु खुला गरेर जानु पर्ने सुझाव दिएको हो। 

सरकारले राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ, पूर्वसचिव विमलप्रसाद वाग्ले र चार्टड अकाउण्टेन्ट कृष्णप्रसाद आचार्य सम्मिलित कार्यदल गठन गरेको थियो। उक्त कार्यदलले इन्धनको समस्या, व्यवस्थापन र भविष्यमा नेपालले अपनाउनुपर्ने बाटोका विषयमा अध्ययन गरेर प्रतिवेदन बुझाएको हो। 

निगमको एकाधिकार अन्त्य गर्दै निजी क्षेत्रलाई खुला गर्न हाल विद्यमान नीतिगत अस्थिरता र अस्पष्टताका साथै प्रक्रियागत जटिलता यथाशीघ्र हटाउनु पर्नेमा समेत प्रतिवेदनमा जोड दिइएको छ।

निजी क्षेत्रबाट कारोबार खुला गरेर नियमनलाई भने प्रभावकारी बनाउन सक्नुपर्नेमा प्रतिवेदनमा उल्लेख गरिएको छ। प्रतिवेदनमा इन्धन आयातमा चीन, भारतसहित तेस्रो मुलुकको विकल्प नखोजे भविष्यमा गम्भिर समस्या आउन सक्ने चेतवानी समेत दिएको छ। 
 

प्रकाशित मिति: १७:५१ बजे, सोमबार, कात्तिक ४, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्