स्ट्यान्डर्ड चार्टर्ड बैंकले साढे २२ प्रतिशत लाभांश दिने
काठमाडौं, कात्तिक ४ : स्ट्यान्डर्ड चार्टर्ड बैंकले शेयरधनीलाई २२ दशमलव ५० प्रतिशत लाभांश दिने भएको छ।
बैंकले गत आर्थिक वर्ष २०७५-०७६ को....

काठमाडौं, कात्तिक ४ : स्ट्यान्डर्ड चार्टर्ड बैंकले शेयरधनीलाई २२ दशमलव ५० प्रतिशत लाभांश दिने भएको छ।
बैंकले गत आर्थिक वर्ष २०७५-०७६ को मुनाफाबाट शेयरधनीलाई २२ दशमलव ५० प्रतिशत लाभांश घोषणा गरेको हो।
सञ्चालक समितिको कात्तिक ४ गते बसेको ३८७ औं बैठकले २२.५० प्रतिशत नगद लाभांश घोषणा गरेको हो। प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा कम्पनीको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपश्चात मात्र शेयरधनीलाई वितरण हुनेछ।
अघिल्लो आर्थिक वर्ष २०७४-०७५ मा बैंकले १७ दशमलव ५० प्रतिशत नगद लाभांश वितरण गरेको थियो।
प्रकाशित मिति: १७:२९ बजे, सोमबार, कात्तिक ४, २०७६
प्रतिक्रिया दिनुहोस्
थप समाचार










-1754206481.jpg)
