Kathmandu Press

‘कृषि तथा पशुपालन क्षेत्रमा लगानी वृद्धि गर्नुपर्छ’

काठमाडाैं, वैशाख २५ : राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्वनाथ पौडेलले विद्यमान गरिबी न्यूनीकरणका लागि मुलुकमा कृषि तथा पशुपालन क्षेत्रमा लगानी वृद्धि गर्नुपर्ने बताएका...
‘कृषि तथा पशुपालन क्षेत्रमा लगानी वृद्धि गर्नुपर्छ’

काठमाडाैं, वैशाख २५ : राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्वनाथ पौडेलले विद्यमान गरिबी न्यूनीकरणका लागि मुलुकमा कृषि तथा पशुपालन क्षेत्रमा लगानी वृद्धि गर्नुपर्ने बताएका छन्।

नेपाल कृषि अनुसन्धान परिषद्को ३१औं वार्षिकोत्सव समारोहलाई आज यहाँ सम्बोधन गर्दै  उनले कृषि क्षेत्रमा गरिने लगानीले किसानको आय वृद्धि हुने र राष्ट्रिय अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने बताए।

कृषि तथा पशुपालन क्षेत्रमा सरकारले गर्ने प्रत्यक्ष लगानीका साथै कृषकमैत्री नीति नियमले कृषक लाभान्वित हुने जनाउँदै उहाँले समयसापेक्ष यस क्षेत्रमा भइरहेका अध्ययन अनुसन्धानबाट उन्नत बीउबिजन विकास तथा उत्पादकत्व वृद्धि गर्नुपर्नेमा जोड दिए।  

उनले कृषि वैज्ञानिकले अन्तर्राष्ट्रिय तहमा भइरहेका खोज अनुसन्धानको अध्ययन गरी स्वदेशमा थप अनुसन्धान गर्नुपर्ने खाँचो औंल्याए।

उपाध्यक्ष पौडेलले वैज्ञानिकलाई सेवा सुविधा वृद्धि गर्नुपर्ने जनाउँदै यस क्षेत्रमा गरिने प्रत्येक लगानीको उपलब्धि कसरी हासिल हुन्छ भन्नेमा गहिरो अनुसन्धान गर्नुपर्नेमा जोड दिए। उनले परिषद्बाट प्रकाशित कृतिको विमोचनसमेत गरेका थिए। 

प्रकाशित मिति: १६:२४ बजे, आइतबार, वैशाख २५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्