Kathmandu Press

होटल विस्फोट स्थलमा उद्धार कार्य जारी, मृत्यु हुनेको संख्या २७ पुग्यो

हवाना, वैशाख २५ : हवाना होटल विस्फोटको भग्नावशेषमा उद्धारकर्ताहरुले आफ्नु कार्य जारी राखेका छन्।हवाना होटलमा गत शनिबार भएको विस्फोटमा परी ज्यान गुमाउनेको संख्या २७...
होटल विस्फोट स्थलमा उद्धार कार्य जारी, मृत्यु हुनेको संख्या २७ पुग्यो

हवाना, वैशाख २५ : हवाना होटल विस्फोटको भग्नावशेषमा उद्धारकर्ताहरुले आफ्नु कार्य जारी राखेका छन्।

हवाना होटलमा गत शनिबार भएको विस्फोटमा परी ज्यान गुमाउनेको संख्या २७ पुगेको अधिकारीहरुले बताएका छन् । 

Hardik ivf

हवाना प्रतिष्ठित साराटोगा होटलको माथिल्लो तल्लामा कोही पनि जीवित नभेटिका जनाइएको छ । उद्धारकर्ताहरूले भने कि भग्नावशेषमा आफ्नो प्रयास केन्द्रित गरेका जनाइएको छ।

शनिबार अधिकारीहरुले यस विस्फोटमा परी घाइते भएका ३७ जनालाई अस्पतालमा भर्ना गरिएको जनाइएको थियो । यद्यपी यसअघि ४६ जनालाई अस्पताल भर्ना गरिएको समाचार दिइएको थियो।

रेडक्रसका एक अधिकारीले यस विस्फोटमा ३२ जनाको मृत्यु  भएको जानकारी दिएपछि अन्योल भएको थियो । यस विस्फोटबाट ज्यान गुमाउनेको यो संख्यालाई पछि ‘त्रुटि’ भनिएको थियो ।

क्युबाका राष्ट्रपति मिगुएल डियाज–क्यानेलले साराटोगा होटल दुर्घटनाको सामनामा देखाइएको ऐक्यaद्धताका लागि मित्र राष्ट्रलाई धन्यवाद दिएका छन्।

प्रकाशित मिति: १६:०० बजे, आइतबार, वैशाख २५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्