Kathmandu Press

भारतमा २४ घण्टामा तीन हजार ४५१ कोरोनाका नयाँ सङ्क्रमित

नयाँ दिल्ली, वैशाख २५ : भारत २४ घण्टाको समयावधि अर्थात् शनिबार मधयरातिसम्म तीन हजार ४५१ व्यक्ति कोरोनाका थप सङ्क्रमति भएपछि यहाँ कुल सङ्क्रमतिको सङ्ख्या चार करोड...
भारतमा २४ घण्टामा तीन हजार ४५१ कोरोनाका नयाँ सङ्क्रमित

नयाँ दिल्ली, वैशाख २५ : भारत २४ घण्टाको समयावधि अर्थात् शनिबार मधयरातिसम्म तीन हजार ४५१ व्यक्ति कोरोनाका थप सङ्क्रमति भएपछि यहाँ कुल सङ्क्रमतिको सङ्ख्या चार करोड ३१ लाख २ हजार १९४ जना पुगेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले आइतबार बिहान जानकारी दिएको छ।

विगत केही महिनायता न्यून विन्दुमा पुगेको कोरोना भाइरस सङ्क्रमणको पुनः केही दिनयता नयाँ सङ्क्रमितको सङ्ख्या तीन हजार नाघेको छ।

२४ घण्टाको समयावधी भएका यी नयाँ सङ्क्रमितमध्ये एक हजार ४०७ राष्ट्रिय राजधानी दिल्लीका रहेका समाचारमा जनाइएको छ। हाल राजधानीमा पाँच हजार ९५५ सक्रिय सङ्क्रमित रहेका पनि थप जानकारी दिइएको छ। 

यसका साथै २४ घण्टाको समयमा महामारीका कारण थप ४० को मृत्यु भएपछि देशभर कोरोनाबाट मृत्यु हुने व्यक्तिको सङ्ख्या पाँच लाख २४ हजार ६४ पुगेको छ।

भारतभरि अझै पनि सक्रिय सङ्क्रमित २० हजार ६३५ रहेका पनि सो मन्त्रालयले जानकारी दिएको छ। भारतमा केही महिनायताबाट सक्रिय सङ्क्रमित घट्ने क्रम जारी रहेको थियो। तर केही हप्तायताबाट सक्रिय सङ्क्रमति बढेको पाइएको छ। 

चौविस घण्टाको समयावधि अर्थात शनिबार मध्यरातिसम्म तीन हजार ७९ जना कोरोना निको भएका छन्। यसैसँगै हालसम्म चार करोड २५ लाख ५७ हजार ५९५ जना सफलतापूर्वक कोरोना सङ्क्रमण निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन्।

प्रकाशित मिति: १५:५३ बजे, आइतबार, वैशाख २५, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्