थप १७ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडाैं, वैशाख २५ : नेपालमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।देशभर गरिएको २ हजार ९ सय ५ पिसिआर परिक्षणका क्रममा १७...
काठमाडाैं, वैशाख २५ : नेपालमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
देशभर गरिएको २ हजार ९ सय ५ पिसिआर परिक्षणका क्रममा १७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
त्यस्तै १ हजार १ सय ५ एन्टीजेन परिक्षणका क्रममा कसैमा पनि कोरोना संक्रमण पुष्टि नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
कोरानोका कारण आइतबार पनि कसैको पनि मृत्यु नभएको मन्त्रालयले जानकारी दिएको छ। त्यस्तै थप २१ जना संक्रमणमुक्त हुँदा हालसम्म नेपालमा ९ लाख ६६ हजार ७ सय ८९ जना निको भएका छन्।
हाल नेपालमा २ सय १ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ।
प्रकाशित मिति: १५:४९ बजे, आइतबार, वैशाख २५, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार












