भोटखोला सडकखण्ड सातादेखि अवरुद्ध
सङ्खुवासभा, वैशाख २५ : सङ्खुवासभाको मकालु गाउँपालिका-३ समाटारमा सुक्खा पहिरोका कारण उत्तरी क्षेत्र भोटखोला सडकखण्ड एक सातादेखि अवरुद्ध भएको छ।उत्तर दक्षिण सडकखण्ड अन्तर्गतको किमाथाङ्का–खाँदबारी...
सङ्खुवासभा, वैशाख २५ : सङ्खुवासभाको मकालु गाउँपालिका-३ समाटारमा सुक्खा पहिरोका कारण उत्तरी क्षेत्र भोटखोला सडकखण्ड एक सातादेखि अवरुद्ध भएको छ।
उत्तर दक्षिण सडकखण्ड अन्तर्गतको किमाथाङ्का–खाँदबारी सडकमा सुक्खा पहिरोका कारण सडक अबरुद्ध हुँदा निर्वाचनका लागि त्यसक्षेत्र जाने कर्मचारी र यात्रु अलपत्र परेका छन्।
समाटारमा सुक्खा पहिरो खसेपछि भोटखोला जाने सडकखण्ड एक सातादेखि अवरुद्ध भएको उत्तर दक्षिण सडक कार्यालयका प्रमुख इञ्जिनीयर दिपेश रजकले जानकारी दिए।
उनका अनुसार सुक्खा पहिरो झर्नेक्रम नरोकिएका कारण त्यस क्षेत्रमा स्काभेटर पुर्याए पनि सडकखण्ड खुलाउन समस्या भएको छ।
सुक्खा पहिराले भोटखोला तथा मकालु गाउँपालिका जाने नागरिकको आवतजावत र सामान ढुवानी समस्यामा भएको हो।
निर्वाचनको समयमा यात्रुको चाप बढिरहेको अहिलेको अवस्थामा पहिरो नरोकिएका कारण यात्रु बाटोमै अलपत्र परेको जनाइएको छ।












