वैशाख ३० गते सबै आन्तिरक उडान बन्द हुने
काठमाडौं, वैशाख २५ : स्थानीय निर्वाचन हुने दिन वैशाख ३० गते सबै आन्तिरक उडान बन्द हुने भएको छ।वायुसेवा सञ्चालक संघ नेपालले आज (आइतबार) एक...
काठमाडौं, वैशाख २५ : स्थानीय निर्वाचन हुने दिन वैशाख ३० गते सबै आन्तिरक उडान बन्द हुने भएको छ।
वायुसेवा सञ्चालक संघ नेपालले आज (आइतबार) एक विज्ञप्ति जारी गरेर सो दिन मानवीय उद्धार, सहायता उडान एवं सरकारको निर्देशनमा हुने उडानबाहेकका सबै नियमित आन्तरिक सेवा बन्द गर्ने जानकारी दिएको हो।
निर्वाचन आयोगको ‘स्थानीय तह सदस्य निर्वाचन, २०७९ को मतदान हुने दिनको सवारी आवागमन व्यवस्थापनसम्बन्धी मापदण्ड, २०७९ अनुसार संघमा आबद्ध सबै वायुसेवाले आन्तरिक उडान बन्द गर्ने लागेका हुन्।
प्रकाशित मिति: १३:३५ बजे, आइतबार, वैशाख २५, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार












