Kathmandu Press

पहिराले नारायणगढ–मुग्लिन सडक अवरुद्ध

चितवन, बैशाख २४ : पहिराका कारण नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ। आज साँझ ७ः३० बजे इच्छाकामना गाउँपालिकाको चोके खोलामा पहिरो खस्दा सडक अवरुद्ध...
पहिराले नारायणगढ–मुग्लिन सडक अवरुद्ध
Hardik ivf

चितवन, बैशाख २४ : पहिराका कारण नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ। आज साँझ ७ः३० बजे इच्छाकामना गाउँपालिकाको चोके खोलामा पहिरो खस्दा सडक अवरुद्ध भएको हो।

मुग्लिनबाट नारायणगढतर्फ तीन किलोमिटरको दूरीमा पहिरो निरन्तर खसिरहेका कारण आज यातायात सञ्चालन हुने सम्भावना न्यून रहेको ट्राफिक प्रहरीले जनाएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक धर्म अधिकारीका अनुसार ठूलो पहिरो खसेका कारण आज पहिरो हटाउन असम्भव जस्तै छ।

मुग्लिन हुँदै नारायणढतर्फ आउने सवारीसाधन मुग्लिनमा रोकिएका छन् भने नारायणगढबाट मुग्लिन हुँदै जाने सवारीसाधनलाई जुगेडीतर्फ नै रोकिएको छ। पहिरो हटाउन सुरु भएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: २०:४५ बजे, शनिबार, वैशाख २४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्