Kathmandu Press

जंगल फाँडेर विमानस्थल बनाएमा आन्दाेलनमा उत्रने चेतावनी

काठमाडाैं, बैशाख २४ : नेपाल पर्यावरण संरक्षण तथा सम्वर्द्धन संघले विकल्पहरु हुँदाहुँदै बाराको निजगढमा रुखहरु मासेर अन्तर्राष्ट्रिय विमानस्थल बनाउन लागिएको भन्दै आपत्ति जनाएको...
जंगल फाँडेर विमानस्थल बनाएमा आन्दाेलनमा उत्रने चेतावनी

काठमाडाैं, बैशाख २४ : नेपाल पर्यावरण संरक्षण तथा सम्वर्द्धन संघले विकल्पहरु हुँदाहुँदै बाराको निजगढमा रुखहरु मासेर अन्तर्राष्ट्रिय विमानस्थल बनाउन लागिएको भन्दै आपत्ति जनाएको छ।

संघले जंगल मासेर विमानस्थल बनाउन नपाईने भन्दै जंगल मासेमा पानीको मुहान सुक्ने, हात्तीको वासस्थान र अरू प्रकृति विनाश हुने जनाएको छ। संघले शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै निजगढको ८ हजार हेक्टर जंगल फाँडेर विमानस्थल बनाउँदा त्यहाँको जमुनी, अडुवा, तिथरी, काँटघाट नदीहरु, थलनी, बडकी पैनी र जोकाहा खोलाहरुको मुहान भएकोले पानीका स्रोतहरु पूर्ण रुपले सुक्ने जनाएको छ। पत्रकार सम्मेलनमा संघका अध्यक्ष सुदर्शन प्रधानले अध्ययन–अनुशन्धानबिना निजगढको जंगल फाँड्न दिएकाे आदेश आत्मघाती भएकाे उल्लेख गरे।

राज्यले आफूहरुले अघि सारेका मागप्रति गम्भीरता नदेखाए र जबरजस्ती रुपमा जंगल मासेर विमानस्थल बनाउन खोजे त्यसको विरुद्धमा सशक्त रुपमा आन्दोलनमा उत्रिने उनले बताए।

कार्यक्रममा पूर्व प्रमुख संरक्षण अधिकृत तथा पर्यावरणविद् बाबुराम यादवले निजगढ विमानस्थलको विकल्प रहेको बताए। निजगढमा विमानस्थल बनाउने नाममा अहिले पनि झण्डै ७ हजार हेक्टर जमिनमा चारै दिशाको (४२ किलोमिटर) मा तारबार लगाएको र घेरिएको ठाउँमा पनि (झण्डै ५ किलोमिटर) मा तारबार लगाएर वन्यजन्तुमाथि अमानवीय व्यवहार गरिएको उल्लेख गरे।

प्रकाशित मिति: १८:५५ बजे, शनिबार, वैशाख २४, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्