Kathmandu Press

हरेक दुःखसुखमा जनताकै साथमा हुनेछु : श्रममन्त्री श्रेष्ठ

दमाैली, बैशाख २४ : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले हरेक दुःखसुखमा जनताकै साथमा रहने प्रतिबद्धता व्यक्त गरेका छन। तनहुँको भानु नगरपालिका–१०...
हरेक दुःखसुखमा जनताकै साथमा हुनेछु : श्रममन्त्री श्रेष्ठ

दमाैली, बैशाख २४ : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले हरेक दुःखसुखमा जनताकै साथमा रहने प्रतिबद्धता व्यक्त गरेका छन। तनहुँको भानु नगरपालिका–१० कोटसभामा आज आयोजित चुनावी सभामा श्रममन्त्री श्रेष्ठले आफू जनताकै प्रतिनिधि भएकाले जनताको दुःख, सुख र पीरमर्कामा आफू सदैव जनताकै पक्षमा रहने विश्वास दिलाए।

श्रममन्त्री श्रेष्ठले जनताकै माया र समर्थनले प्रतिनिधिसभा सदस्य हुँदै मन्त्रीसम्म बनेको उल्लेख गर्दै भने, 'मन्त्री भएर तनहुँको इज्जत राख्ने काम गरेको छु।' मन्त्री श्रेष्ठले जिल्लाको विकासमा कसैलाई पनि भेदभाव नगरी काम गरेको बताए। मन्त्री श्रेष्ठले भानुका खानेपानी, सडक, पूर्वाधार निर्माणका लागि कामहरू भएको बताए।

Hardik ivf

सानासाना विकासका योजना वडा र नगरपालिकाले गर्नुपर्ने र ठूला तथा दीर्घकालीन योजनालाई सङ्घीय सरकारले प्राथमिकता दिने मन्त्री श्रेष्ठको भनाइ थियो। नेकपा (एकीकृत समाजवादी) कलम चिह्न लिएर स्थानीय तह निर्वाचनमा होमिएको भन्दै मन्त्री श्रेष्ठले देश विकास र समृद्धिका लागि कलम चिह्नमा मतदान गर्न आग्रह गरे।

कार्यक्रममा एकीकृत समाजवादीका तर्फबाट उपप्रमुखका उम्मेदवार श्रीराम पौडेलले समृद्ध भानु : खुसी भानुवासी बनाउने लक्ष्यसहित आफू चुनावी मैदानमा होमिएको बताए। नगरवासीलाई सीपयुक्त बनाउन हरेक वडामा सीप केन्द्र स्थापना गर्ने योजना लिएको पौडेलले बताए।

प्रकाशित मिति: १८:०६ बजे, शनिबार, वैशाख २४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्